पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।
नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउँदै लैजाने विश्वासका प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलनमा संस्था अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडी सहभागी हुने उनले बताए । प्रतियोगिताले पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताका लागि २२ कात्तिकमा खेलाडी पोखरा आइपुग्नेछन् भने २३ गते दर्ता र उनीहरुको लागि आवश्यक सामाग्री वितरण गरिनेछ । २४ गते बिहान खेल उद्घाटन गरिनेछ । दौड, साइक्लिङ र बोटिङ गरी ५० किमीको दुरी पार गर्नुपर्ने हुन्छ । चिनियाँ खेलाडी चीनको कुनमिङबाट चार्टर्ड उडानमार्फत पोखरा आउने छन् । यस्तै, नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीका लागि आयोजकले यातायातको व्यवस्था गर्नेछ ।
प्रतियोगिता वाराहीघाटबाट सुरु हुनेछ । त्यसपछि छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, स्याङ्जा फेदीखोला, रामकोट कुभिण्डे हँुदै पुम्दीभुम्दी, विश्व स्तुपा फेवाताल, खपौदी हँुदै पुनः वाराहीघाटमा नै आउनेछन् । खेलाडीले फेवातालमा बोटिङ प्रयोग गर्नेछन् भने रामदी तथा मट्टीखानमा साइकल प्रयोग गर्नेछन् ।
चिनियाँ राजदुतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने प्रतियोगिता गर्न १ करोड ३६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगीले टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछ । टिम समूहमा ३० मिश्रित टिम रहने संस्थाका मिडिया संयोजक इ. प्रतीकराज पहारीले जानकारी दिए ।
टिम समूहमा प्रथम हुने टिमले ४ लाख ५८ हजार ४ सय रुपैयाँ (२४ हजार युआन) तथा दोस्रोले ३ लाख ४३ हजार ८ सय (१८ हजार युआन) र तेस्रोले २ लाख २९ हजार २ सय (१२ हजार युआन) पाउनेछन् । अन्य विधामा पनि नगद पुरस्कार व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१