म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिए । “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुुभयो, “चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।”
घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताउनुभयो । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।
घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ ।
हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ ।
यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुन् ।
पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्यावलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुुल, उल्लेरी भएर एकैदिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१