पोखरा, ११ जेठ । सन् २०१९ मा हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका हो ।
यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिने प्रतियोगिता हो कोपा अमेरिका । यो प्रतियोगिता दक्षिण अमेरिकी महादेशस्तरीय प्रतियोगिता हो । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्दै आएको छ ।
यो दक्षिण अमेरिकी क्षेत्रको फुटबलको सर्वोच्च संस्था हो । सो संस्थामा दक्षिण अमेरिकाको विभिन्न १० देशहरु आबद्ध छन् । प्रतियोगितामा दक्षिण अमेरिकी महादेशको १० देशले मात्रै सहभागिता जनाउँछन् ।
आयोजकले विभिन्न समयमा सो क्षेत्रका १० टोलीबाहेक अन्य देशलाई समेत ‘आगन्तुक टोली’ का रूपमा प्रतियोगितामा सहभागी गराउने गर्छ । उसले विगतदेखि नै यस्तो गर्दै आइरहेको छ । जसबाट प्रतियोगितामा विभिन्न १२ देशहरुले सहभागिता जनाउँदै आएको छ ।
यसपटक भने आयोजकले यसअघि दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि देशका रूपमा बोलाउने निर्णय गरेर पछि निर्णय बदल्यो । आयोजकले २०१८ को मार्च १६ मा एसियन क्षेत्रबाट र उत्तरी अमेरिकी क्षेत्रबाट ३–३ देश गरी ६ देशलाई आगन्तुक देशका रूपमा बोलाउने निर्णय गरेको थियो ।
पछि २०१८ को अप्रिल १२ मा उसले २०२२ को विश्वकप आयोजक देशको हैसियतमा कतारलाई पाहुना टोलीका रूपमा बोलाउने निर्णय ग¥यो । जसमा कतारले पनि सो प्रस्ताव स्वीकार गरेर २०१९ को कोपा अमेरिका खेल्ने सहमति जनायो ।
पछि २०१८ को मार्च ४ मा आयोजकले आफ्नो निर्णयमा फेरबदल गर्दै पुनः कोपा अमेरिकामा १२ देश मात्रै सहभागी गराउने निर्णय ग¥यो । अन्य ४ आगन्तुक देशको प्रवेश रोक्यो ।
त्यसबेला आयोजकले कतार विश्वकपको आयोजकको हैसियतमा कतार र एसियन क्षेत्रबाट जापानलाई अतिथि टोलीका रूपमा भित्राउने औपचारिक निर्णय पास गरेको थियो । सो निर्णयसँगै आयोजकले यसपटक उत्तरी अमेरिकी क्षेबाट सधैं खेल्दै आएका टोलीको सहभागिता भने रोक्ने निर्णय गरेको थियो ।
यसअघि, सो क्षेत्रबाट मेक्सिकोलगायतका देशहरुले कोपा अमेरिका खेल्ने गथ्र्यो । मेक्सिकोले सन् १९९३ देखि यता विभिन्न १० संस्करणमा कोपा अमेरिका खेलेको इतिहास छ । त्यसैगरी, अमेरिकाले पनि यो प्रतियोगिता चारपटक खेलिसकेको छ ।
यससँगै कतार पहिलोपटक कोपा अमेरिका खेल्ने खाडी देश बनेको छ । जापानले भने यसअघि सन् १९९९ मै कोपा अमेरिकामा सहभागिता जनाइसकेको छ ।
यसपटकको कोपा ब्राजिलमा हुँदैछ । प्रतियोगिता आगामी जुन १४ बाट हुँदैछ । सो प्रतियोगिताको साबिक विजेता टोली चिली हो ।
कोपा अमेरिकाको लागि ड्र भने पाँच महिना अघि सार्वजनिक गरेको थियो । ब्राजिलमा भएको ड्रअनुसार विभिन्न १२ देशलाई समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’ गरी तीन समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक ब्राजिल, पेरु, भेनेज्वेला, बोलिभिया रहेको छ । समूह ‘बी’ मा साविक उपविजेता अर्जेन्टिना, कोलम्बिया, पराग्वे र कतार अतिथि मुलुकको रुपमा रहेको छ । त्यस्तै समूह ‘सी’ मा उरुग्वे, साविक विजेता चिली, इक्वेडर र जापान अतिथि मुलुकको रुपमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९