काठमाडौं, ६ जेठ । युद्धग्रस्त लिवियाबाट १५ जना नेपालीलाई उद्दार गरि ट्रिपोलीको आईओएम क्याम्पमा राखिएको छ।
ट्राभल डकुमेन्ट र हवाई टिकटको व्यवस्था गरि उनीहरूलाई नेपाल पठाउने तयारी भइरहेको इजिप्टिको कायरोस्थित नेपाली दूतावासले आइतबार राती जनाएको छ।
रोजगारको आश्वासनमा ती नेपालीलाई अवैद्य रुपमा युद्धग्रस्त लिविया पुर्याइएको थियो। त्यहाँ उनीहरूलाई लैजाने कम्पनीले डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन्छन भनेर राहदानी समेत जफत गरेको दूतावासले जनाएको छ।
कायरोस्थित नेपाली दूतावासको पटक पटकको पहलमा लिवियाको ट्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम) को समन्वयमा ती नेपालीको उद्दार गरिएको हो।
कायरोस्थित नेपाली दूतावासले जनाए अनुसार अहिले ती नेपालीको खाने बस्ने व्यवस्था आईओएमले गरेको छ र नेपाल फर्कनका लागि हवाई टिकटको समेत व्यवस्थापन गरिदिने भएको छ।
उद्दार गरिएका १५ जनामा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्की रहेका छन्।
Related News
सम्बन्धित समाचार
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९