विमानस्थलको ‘डिपिआर’ तयार

रासस
वैशाख २७, २०७६
balewa-airport

बलेवा, २७ वैशाख । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।

उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए “विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ”, अधिकारीले भने “समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।” यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । “यहाँ विमानस्थल बनेमा ढोरपाटनसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पासम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन”, कुँवरले भने , “सडक सञ्जाललाई स्तरोन्नति गर्न सकियो भने बिरामीले काठमाडौँसम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन ।”
ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले रु दुई अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने रु ४० लाख खर्च भइसकेको छ ।

यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

    रासस कार्तिक २, २०८१
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार…
  • कुश्मामा पर्यटकको घुइँचो

    रासस असाेज २९, २०८१
    पर्वत । पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ…
  • चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार

    रासस असाेज २६, २०८१
    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुसल उद्धार गरिएको…
  • ९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक

    रासस असाेज २५, २०८१
    म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…

hero news full width

trending post

ट्रेन्डिङ्ग