प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

रासस
वैशाख २३, २०७६
cropped-school_in_salang_nepal-1-1

बेनी, २३ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ ।

विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताए ।

वैशाख ६ गते बेनी आएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गरेको थियो । वैशाख ७ गते छोरा दिप्सनमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाए पनि १५ गते मात्र दर्ता भएको हो । जातीय छुवाछूतसम्बन्धी मुद्दामा एक वर्ष कैद र रु एक लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यस घटनामा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले समेत जातीय विभेद गरी शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बस दुर्घटनामा ४ जनाको मृत्यु

    रासस असाेज ३०, २०८१
    डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी…
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    रासस असाेज २८, २०८१
    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…

hero news full width

trending post

ट्रेन्डिङ्ग