पोखरा, १४ वैशाख। नेपाल ट्रायथलोन संघको आयोजनामा एशियामै पहिलो पटक पर्यटकीय नगरी पोखरामा शनिबार एशिया कप ट्रायथलोन प्रतियोगिता भएको छ। यस्तै साउथ एशियन ट्रायथलोन र नेपाली खेलाडीबीच दुवाथलन प्रतियोगिता भयो।
एशिया कप ट्रायथलोन च्याम्पियनसीपमा जापानी खेलाडी माकोतो ओदाकुराले स्वर्ण जिते। उनले ट्रायथलोनको स्प्रीन्ट विधामा ७५० मिटर स्वीमिङ, २० किमी साइक्लिङ र ५ किमी दौड ५४ मिनेट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण जित्न सफल भएका हुन्। विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका २५ वर्षीय उनले जितपछि स्वीमिङमा सहज भए पनि अन्य पूर्वाधारमा कठिनाइ भएको प्रतिक्रिया दिए।
प्रतियोगितामा पोल्याण्डका डान मेक्यान्तोष दोस्रो र कोरियाका जि ह्वान किम तेस्रो भए। उनीहरुले निर्धारित दुरी क्रमशः ५४ मिनेट ३४ सेकेन्ड र ५५ मिनेट २ सेकेन्डमा पार गरे।
महिलातर्फ कोरियाकी य जिन पार्कले स्वर्ण जितिन्। उनले निर्धारित दुरी १ घन्टा २ मिनेट ५६ सेकेन्डमा पार गरेकी हुन्। जापानकी कोनामी युसियुदा दोस्रो र जापानकी नाओमी ताकामिन तेस्रो भए। उनीहरुले निर्धारित दुरी क्रमशः १ घन्टा ३ मिनट ५१ सेकेन्ड र १ घन्टा ४ मिनट ५५ सेकेन्डमा पूरा गरे।
प्रतियोगितामा नेपालसहित जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीले भाग लिएका थिए। जसमा पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेको जानकारी नेपाल ट्रायथलोन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले दिए।
शनिबार नै भएको सातौं दक्षिण एशियाली ट्रायथलोन च्याम्पियनसीपमा नेपाली सेनाका वसन्त थारुले स्वर्ण जिते। उनले १ घन्टा ३ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरेका हुन्। दोश्रो स्थानमा रहेका भारतका लोकेशकुमार बाबुजीले १ घन्टा ७ मिनेट १३ सेकेन्ड र तेस्रो काठमाडौंका नितेश मानन्धरले १ घन्टा ८ मिनेट ३४ सेकेन्डमा दूरी पार गरे।
महिलातर्फ भारतकी प्रग्न्या मोहनले स्वर्ण जित्दा भारतकै मोनिका नागपुरे दोस्रो र नेपालकी सोनी गुरुङ तेस्रो भइन्। प्रथम भएकी मोहनले १ घन्टा ९ मिनेट २३ सेकेन्ड, नागपुरेले १ घन्टा १२ मिनेट ४७ सेकेन्ड र गुरुङले १ घन्टा १८ मिनेट ४९ सेकेन्डमा दुरी पूरा गरे।
दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण जिते। नेपाली खेलाडीहरु रहेको सो इभेन्टमा ५ किमी दौड, २० किमी साइक्लीङ र २.५ किमी दौड गराइएको थियो। सो दुरी पार गर्न टमाटाले ५७ मिनेट १४ मिनेट ३० सेकेन्ड लगाए।
महिलातर्फ एपिएफकी हुमा बुढामगरले १ घन्टा १० मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरी स्वर्ण जितिन्।
फेवाताल किनारमा आयोजित समापनमा विजयीलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल ट्रायथलोन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य नीलेन्द्रराज श्रेष्ठ, ट्रायथलोन संघका पूर्व अध्यक्ष एवं पूर्व सभासद गणेशमान पुन, संघ उपाध्यक्ष एवं गण्डकी प्रदेश सदस्य दीपक कोइराला, नेपाल ह्याण्डबल संघ अध्यक्ष तेज गुरुङ लगायतले पुरस्कार वितरण गरे।
पोखरामा खेलसँगै पर्यटनको विकास गर्ने उद्देश्यले सन् २०११ देखि लगातार ट्रायथलोन हुँदै आएको छ। संघ अध्यक्ष श्रेष्ठले आगामी वर्ष पनि एशिया कप पोखरामै गर्ने र २ सय बढी खेलाडी सहभागिता गराउने लक्ष्य रहेको बताए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अघिल्लो साता पोखरामै ट्रायथलोन भएको थियो।
यसैबीच, दुर्घटनामा पर्दा नेपाली सेनाका दीपेश चौधरी सम्भावित स्वर्णबाट बाहिरिएका छन्। साउथ एशियन च्याम्पियनसीपतर्फ प्रतिष्पर्धामा रहेका उनी स्वीमिङपछि साइक्लिङ क्रममा मुस्ताङचोक नजिक निजी कारसँग ठोक्किदा घाइते भएका हुन्। नेपाल च्याम्पियन उनी कारको लापरबाहीका कारण पदकबाट विमुख हुनु परेको गुनासो गरे।
प्रतियोगिता क्रममा लेकसाइड, राष्ट्रबैंकचोक, मुस्ताङचोक, बिरौटा, ड्यामसाइड सडकखण्डमा लामो समयसम्म सवारीसाधन रोकिन पुगेका थिए। सार्वजनिक सूचनाबिनै एक्कासी प्रतियोगिता नाममा आवतजावतमा रोक्न नहुने सर्वसाधारणको गुनासोसमेत थियो।
Related News
सम्बन्धित समाचार
पोखरामा हाफ म्याराथन हुने
प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
टेबलटेनिस खेलाडीको छनोट
अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु
गण्डकी कबड्डी संघमा पवन
hero news full width
मुख्य समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०