काठमाण्डौ , १२ वैशाख । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन् ।
राष्ट्रपति सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई बोलाएर राजीनामा दिन भनेका हुन् । बुधवार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले २४ घण्टा भित्र सुरक्षा निकायहरूमा परिवर्तन गर्ने र आउने दिनमा सुरक्षा निकायको पुनर्संरचना गर्ने बताएका थिए।
सो सम्बोधनमा उनले भनेका थिए– आक्रमणबारे विदेशी मुलुकबाट प्राप्त सूचना सुरक्षा निकायले मलाई दिएनन्, सूचना प्राप्त भएको भए त्यहीबेला कदम चाल्नु हुन्थ्यो।
भारत र अमेरिकाबाट श्रीलंकालाई आक्रमणको सम्भावनाबारे सूचना आएको थियो भन्ने अन्तराष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन्। । केही दिनअघि भारतमा पक्राउ परेका एकजना व्यक्तिले इस्लामिक स्टेटले श्रीलंकामा आक्रमण गर्दै छ भन्ने सूचना चुहाएका थिए।
सो सूचनासहित तीनवटा सूचना भारतीय अधिकारीहरूले श्रीलंकाका सुरक्षा निकायहरूलाई दिएको थियो। पहिलो सूचना आक्रमण हुनुभन्दा १६ दिन अगाडि, दोस्रो सूचना आक्रमण हुनु एक दिन अघि र तेस्रो सूचना आक्रमणको एक घण्टाअघि श्रीलंकन अधिकारीहरूलाई दिएको सिएनएनले जनाएको छ। सो सूचनामा चर्च र होटलहरूमा आक्रमण हुनसक्ने बताइएको थियो।
आइतबार चारवटा चर्च तथा होटलहरूमा भएको आक्रमणबाट मर्नेहरूको संख्या तीनसय २१ पुगेको छ। त्यसमध्ये ३८ जना विदेशी छन्न् । इस्लामिक स्टेटका ८ जना समर्थक सो आक्रमणमा सरिक भएको सञ्चारमाध्यामले जनाएका छन् ।
आत्मघाती बम विष्फोट गर्नेहरूमा २ जना श्रीलंकाका एक धनी व्यापारीका छोराहरू पनि छन्। इस्लामिक स्टेटका कतिपय समर्थकहरू अझै श्रीलंकामा काम गरिरहेको र तिनीहरूले श्रीलंकामा आक्रमण गर्नसक्ने भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले नागरिकहरूलाई सचेत गराएका छन्।ल । अझैपनि केही आतंकवादीहरू बम लिएर हिँडिरहेका हुन सक्छन भन्दै सचेत रहन समेत आग्रह गरिएको छ ।
विष्फोटक सामाग्री बोकेका दुईवटा गाडी अझै कोलम्बोमा लुकाएर राखिएको आशंका सुरक्षा निकायहरूले गरेका छन्। । पुन आक्रमण हुनसक्ने यी सूचनाले आम मानिसहरूमा त्रास फैलिएको छ। श्रीलंकाभरी संकटकाल र कफ्र्यु लगाइएको छ। सुरक्षा निकायहरूले सम्भावित आक्रमणकारीहरूको खोजी तीव्र बनाएका छन्। ।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९