आइटीएफ तेक्वान्दोमा गण्डकीलाई १ स्वर्ण, २ कास्य पदक

नारायण शाही
वैशाख ९, २०७६
itf-8-750×563

आइटीएफ तेक्वान्दोमा गण्डकी प्रदेशबाट स्वर्ण विजेता सुस्मिता थापामगर।

नेपालगञ्ज, ८ वैशाख। नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ।

आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्।

त्यसैगरी, पुरुष एकलतर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर शम्शेर कुँवर र महिलातर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्।

शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए।

Related News

सम्बन्धित समाचार

  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…
  • पोखरामा यु–२० चेस प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता श्रावण ३, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा पोखरामा यही ४–५ साउनमा यु–२० चेस प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल…
  • इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले…
  • १० औं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ छुट्यो

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    काठमाडौं, २७ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा ३५…

hero news full width