मुग्लिन, ५ वैशाख । चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा साइकलयात्री भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन् । ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किन पुगेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनकै इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु
तनहुँको याम्पामा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको मृत्यु
भिरबाट लडेर वृद्धको मृत्यु
hero news full width
मुख्य समाचार
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०