पोखरा, १ बैशाख। बेलबोट युवा क्लब पोखरा – १५ द्वारा आयोजित यु –२३ सेभन ए साइड बेलबोट कप फुटबल प्रतियोगिताको उपाधि टि गाईज् हेमजाले हात पारेको छ।
आइतबारको फाईनल खेलमा स्यानीपाटन एफसीलाई २–० ले हराउँदै टि गाईज् हेमजाले उपाधि हात पारेको हो। उपाधिसँगै टि गाईज्ले नगद ४० हजार सहित ट्रफि जितेको छ। उपबिजेता स्यानीपाटन एफसीले नगद २५ हजार सहित ट्रफि प्राप्त गरेको छ। फाईनल खेलमा टि गाईज् हेमजाका लागि समिर कार्की र विश्वास कार्कीले एक /एक गोल गरेका थिए।
प्रतियोगितामा टि गाईज् हेमजाका सन्देश दाहाल बेष्ट प्लेयर, स्यानीपाटन एफसीका महेन्द्र थापा बेष्ट किपर, नयाँगाउँ युथ क्लबका सोम थिङ हाई स्कोरर र आदर्श मार्ग फेयर टिम घोषित भए। ती समूहलाई नगद एक हजार पाँच सय/एक हजार पाँच सय सहित ट्रफि प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापा, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, जिल्ला समन्वय समिति कास्कीका सदस्य तोरणबहादुर बाँनिया, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, थ्रि एञ्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। चैत २७ गतेदेखि शुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता थियो। प्रतियोगिताको संयोजन संजय गुरुङले गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापाले खेलकुदले स्वास्थ्यसँगै आपसी सद्भाव विकासमा समेत योगदान दिने बताए। उनले खेलको माध्यमबाट मुलुकले गौरव समेत गर्न सक्ने उल्लेख गरे।
बेलबोट युवा क्लबका अध्यक्ष सरोज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव किरण लम्सालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९