क्वालालम्पुर, २५ चैत । मलेसियन एयरलाइन्सको एक कार्गाे कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको मृत्यु भएको छ ।
उक्त बस क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा ११ विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।
सो ढल करिब २० मिटर गहिरो थियो । सो बसमा रहेका अधिकांश मजदूरको निधन भएको छ । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ । त्यस विषयमा अनुसन्धान शुरु भएको छ । त्यस बसमा कतिजना सवार थिए भन्ने विषयमा भने केही नबताइएको मलेसियाली समाचार समिति बर्नामाले जानकारी दिएको छ । त्यसैगरी मृत्यु भएका ती विदेशी कामदारहरु कुन देशका हुन् भन्ने बारेमा पनि केही खुलाइएको छैन ।
Related News
सम्बन्धित समाचार
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९