प्याराग्लाइडिङ उडान गर्दै पर्यटक । फाइल फाेटाे ।
काठमाण्डौ, २५ चैत । आठौ राष्ट्रिय खेलकुद अन्तरगत ट्राईयाथलन र प्याराग्लाईडिङ्गका खेल पोखरामा गनिने भएको छ ।
पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डकी प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो ।
पूर्वाधारका अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।
नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रयथोलन आयोजना गर्ने भनेका थियौं तर उक्त स्थल धार्मिक लगाएत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौं’ अध्यक्ष श्रेष्ठले भने ।
नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ट्राईयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रुपमा लिएका हौं ।
अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्पियनशिपलाई अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।
पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।
प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २÷२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।
यहि चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीहरुको दर्ता हुनु पर्नेमा समयमानै खेलाडीहरुलो आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुल्ला प्रतिस्पर्धा गराईन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढन सक्ने श्रेष्ठले बताएका छन । अहिले सम्म नेपाली सेना बाट १२, शसस्त्रको एपिएफ क्लब बाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोट बाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जस मध्ये १७ जना महिला खेलाडी रहेका छन ।
फेवातालको पानी प्रदुषित छ नि भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले फेवातालको पानी अन्तर्राष्ट्रिय महासंघमा परीक्षण गराइसकेको बताए । उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपूर्व अन्तर्राष्ट्रिय महसंघमा पानीको परीक्षण गर्नुपर्ने अनिवार्यता रहेकोले पानीको शुद्धता परीक्षण गराइएको जानकारी दिंदै भने–‘फेवातालको पानी सोझै पिउन मिल्दैन तर पौडीका लागि कुनै हानीकारक छैन ।’ यो सबै परिक्षण बाट प्रमाणित भईसकेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०