पोखरा, २० चैत । अमेरिका पढ्न जाने नेपाली विद्यार्थीका लागि भीषा शुल्क घटने भएको छ ।
दुबै देशको भीषा नीति परिमार्जन गरी पारिस्परिक बनाएसँगै विद्यार्थी भीषाको शुल्क कटौती हुने निश्चित भएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका र नेपालबीच भीषा व्यवस्था पारस्परिक हुँदा निश्चित कोटीका नेपाली भीषा आवदेकलाई विशेष फाइदा पुग्ने बताएको छ ।
पढ्नका लागि अमेरिका जाने योजना बनाइरहेका नेपाली विद्यार्थीको हकमा छिट्टै प्रत्येक भीषामा २ सय अमेरिकी डलर घट्ने छ । उक्त रकम हालको विद्यार्थी भीषा शुल्कभन्दा ५० प्रतिशत भन्दा ठूलो कटौती हो।
हाल अमेरिका पढ्न जाने नेपाली विद्यार्थीसँग अमेरिकी दूतावासले ३६० अमेरिकी डलर शुल्क लिदै आएको छ । उक्त रकम मध्य १६० भीषा शुल्क र विद्यार्थीका लागि थप २०० डलर समावेश छ। नयाँ नीति कार्यान्वयनमा आएपछि नेपाली विद्यार्थीले २०० डलर राहत पाउनेछन्।
अमेरिका र नेपालले सन् २०१७ देखि भीषा पारिस्परिक बनाउन काम गर्दै आएका थिए। गत पुसमा मन्त्रिपरिषदले अमेरिकी पर्यटकलाई ५ वर्षे बुहप्रवेशी भीषा दिने प्रस्ताव अनुमोदन गरेको थियो। सोही नीतिअनुसार अध्यागमन विभागले सोमबारदेखि अमेरिकी पर्यटकलाई ५ वर्षे बहुप्रवेशी भीषा प्रदान गर्न शुरु गरेको छ।
सोमबार अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ३ अमेरिकी नागरिकलाई ५ वर्षे बहुप्रवेशी भीषा प्रदान गरी नीति कार्यान्वयन आरम्भ गरेका थिए। नेपालीले धेरै वर्ष अघिदेखि अमेरिका भ्रमणमा ५ वर्षे बहुप्रवेशी भीषा पाउँदै आएका छन्।
नेपाल—अमेरिका भीषा व्यवस्था पारस्परिक बनाउने व्यवस्थाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यवसायिक भ्रमण संख्या वृद्धि भई त्यसले नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास अमेरिकी दूतावासको छ।
लामो समयसम्म कायम रहने भीषा एवं थोरै शुल्क अमेरिका र नेपाल दुवै देशका लागि राम्रो हो। यसले दुई देशबीच आर्थिक गतिविधि बढाउन एवं दुई देशका जनताबीचको सम्पर्क सघन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, अमेरिकी दूतावासका काउन्सेल माइक मुसीले भनेका छन्।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा उल्लेखनीय छ। नेपाल आउने विदेशी पर्यटकमध्ये अमेरिकी नागरिकको संख्या ठूलो छ। सन् २०१८ मा ९० हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए। भारत, र चीनपछि यो तेस्रो ठूलो संख्या हो।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९