Ayeesha Abdussalaam hugs Rabbi, Leah Berkowitz, during a service at the Masjidullah Mosque in Philadelphia, Friday, March 15, 2019. (Margo Reed/The Philadelphia Inquirer via AP)
न्युजिल्यान्ड, २ चैत । न्यूजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ ।
उक्त घटनामा ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् ।
न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहेकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताएकी छन् ।
उनीद्वारा प्रकाशित शोक वक्तव्यमा भनिएको छ, “यो दुःख घडीमा म सम्पूर्ण मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनीहरुका आफन्त, साथी र सम्पूर्ण देशबासीमा समवेदना व्यक्त गर्दछु ।”
उनले आफु र आफ्नो छोरा राजकुमार फिलीपको तर्फबाट पनि घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेकी छन् ।
न्युजिल्यान्डसहित बेलायत, अष्ट्रेलिया, क्यानडालगायत १६ देशकी ९२ बर्षीया रानी एलिजावेथ द्वितीयले सन् २००२ मा पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएको स्मरण पनि गरेकी छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिएका छन् । दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति ट्रम्पले गहिरो समवेदना व्यक्त गरेका छन् ।
त्यस्तै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताएका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनलाई पठाएको पुटिनको सन्देशमा घटनामा संलग्न हरेकलाई कारबाहीको भागिदार बनाउन आग्रह गरे ।
टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगानले पनि दुई ओटा मस्जिदमा भएको दुखद् घटनाको कडा शब्दमा भत्सर्ना गरेका छन् ।अङ्ग्रेजी र टर्किस भाषामा ट्वीट गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डको सरकार, जनता र पिडितहरुप्रति समवेदना व्यक्त गरेका छन् । त्यस्तै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामा, पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसल, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुई ओटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तर्रा्ष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९