काठमाडौं,१३ फागुन । आईसीसी टी—२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा सोमवार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैंककमा सोमवार नेपालले आफ्नो पाँचौ खेल अन्तरगत चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।
चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलम जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहँदा दोस्रो स्थानमा भने यूएई रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराका सुजनले जिते स्वर्ण
माछापुच्छ्रे रनिङ सिल्ड च्याम्पियन
कास्की र लमजुङ फाइनलमा
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९