पोखरा, ६ फागुन । पर्यटन बर्ष सन् २०२० लाई लक्षितगरी पोखरामा ट्रेकिङ्ग पोटर गाईडलाई ६१ घण्टे तालिम प्रदान गरिएको छ ।
ट्रेकिङ्ग एजेन्सिज एसोशिएसन अफ नेपाल(टान) पश्चिमान्चल क्षेत्रीय संघ पोखराको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबर्धन तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सामेवारदेखि सुरु उक्त तालिममा दुई सय २० जना सहभागी छन् ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले उक्त तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमको अध्यक्षता गर्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले राज्यले सन् २०२० मा २० लाख पर्यटक भित्राउने उदघोष गरेसंगै पोर्टर गाईड तालिम संचालले थप सहयोग पुग्ने वताए ।
समग्र पर्यटन क्षेत्रका संघ संस्थाहरुको प्रतिनिधीत्व गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरिञ्जीवी पोखरेलले भ्रमण बर्ष २०२० सफल पार्न यस प्रकारका कार्यक्रमले सहयोग पुयाउने वताए । टान पश्चिमान्चल क्षेत्रीय संघका कार्यसमिति सदस्य एवं तालिम संयोजक प्रकाश बस्ताकोटीले टान पोखराले पहिलो पटक आयोजना गरेको यस कार्यक्रमको संचालन गर्न पाउदा अत्यान्तै गौरव महशुस भएको बताए ।
।
Related News
सम्बन्धित समाचार
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
गाउँलेलाई भिटोफको गाइड तालिम
पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव
पर्यटनमा बजेटका वाचा सधैं अपुरा
जम्मु कस्मिरमा डुलुवा टोलीको पत्रकार भेटघाट
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९