टोकियो, २३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ ।
गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस चलेको थियो । उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो ।
स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए । उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए ।
जापानका विदेशमन्त्री तारो कोनोले हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्नेगरी सरकारले आदेश दिएको जानकारी दिए । चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताए ।
आफूले यमनमा जारी मानवीय तथा राहत कार्यक्रमको रिपोर्टिङ गर्ने लक्ष्य राखेर यमन जान चाहेको पनि चुनिओकाले बताए ।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९