पोखरा, २२ माघ । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा यु–१८ डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ। मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेल सम्पन्न भए।
महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हासिल गरिन्।
उनले अमेरिकाका माहिका गुप्तालाई ६–२, ७–५ सेटमा पराजित गरिन् भने डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडी पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजा निकालिन् ।
पुरुषतर्फ नेपालका इभ्याक जोशी भारतका अनमोल जैन पंकजसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए। पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका हाव डुवानलाई ४–६, ७–६ र ६–२ सेटमा पराजित गरे।
भारतका इशान सेठीले कोरियाका सङ्ग ह्युन लीलाई ६–१, ६–१ ले, भारतकै उदयवीर सिङले अमेरिकाका हनु पटेललाई ६–४, ६–४, जापानका जेनी इनोकले थाइल्याण्डका पविन जिरापुम्देजलाई ६–३, ६–४, जापानका केइजु मियाकले भारतका अर्जुन गोहाडलाई ६–०, ६–० ले पराजित गरे।
त्यसैगरी, महिला एकलतर्फको खेलमा नेपालकी प्रेरणा कोइराला भारतकी अमिक किरण बाथसँग ६–२, ६–३ ले पराजित हुन पुगिन्।
नेपालकै सलोनी तामाङ चाइनाकी जिछुन जेङसँग ६–४, ४–६ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा पराजित भइन्। जारी प्रतियोगितामा दोश्रो नम्बर सिडिङ पाएकी ताइवानकी स्कीया कुङ् भारतकी मैत्री दीक्षा राउतसँग ६–३, ०–६ र ६–१ ले पराजित भइन्।
महिलातर्फकै एकलमा श्रीलंकाकी अञ्जलीका कुरेराले भारतकी हिमाद्री अश्यपलाई ६–२, ६–१, भारतकै रिनी सिङले जापानकी रिसा ओनोलाई ६–२, ७–५, बुल्गेरियाकी भिक्टोरिया भेलेभाले भारतकी बन्हि पाञ्चललाई ६–२, ६–२, ताइवानकी लि हसिन लिनले भारतका सानया नैकलाई ६–०, ६–२, भारतकी रीया बोभेजाले चाइनाकी युजुहान लुओलाई ७–५, ७–५ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।
पुरुषतर्फको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टोनियोको जोडीले भारतका अनुराग अग्रवाल र आदित्य वरदान रायको जोडीलाई ०–६, ७–५ र सुपरटाईमा १०–६ ले, जापानका जेनी इनोक र हङकङका केल लोक इन ताङको जोडीले श्रीलंकाका दिलभान हेराथ र कभिशा रत्जनाइकेको जोडीलाई ६–१, ६–१, भारतका जेराल यासिन र मलेशियाका जियान कोङ् ताकेशिको जोडीले नेपालका सम्रक्षक भूषण बज्राचार्य र इभ्याक जोशीको जोडीलाई ६–२, ६–०, भारतका अर्जुन गोहाड र फैज नैश्यामको जोडीले थाइल्याण्डका पोस्वात अकर्पन र पाविन जिरापुम्दाजको जोडीलाई ४–६, ७–५ र सुपरटाईमा १०–४ ले पराजित गर्दै दोश्रो चरणमा स्थान सुरक्षित पारे।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९