तेक्वान्दोमा कास्की प्रथम

एजेन्सी
माघ १३, २०७५
tekwando_Fotor

पोखरा, १२ गते। गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ। प्रतियोगितामा बागलुङ दोश्रो र पर्वत तेश्रो भए ।

कास्की ४ स्वर्ण २ रजत र ३ कास्यसहित प्रथम भएको हो। बागलुङले ३ स्वर्ण २ रजत र ५ कास्य प्राप्त गर्दा पर्वतले २ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्यो ।

कास्कीलाई स्वर्ण पदक दिलाउन ५४ केजी पुरुषतर्फ विजय गुरुङ, ६८ केजीका हेमन्त गुरुङ र महिलातर्फ ४९ केजीका प्रीति सारुमगर, ५३ केजीका प्रतीक्षा सुवेदीको योगदान रहन पुग्यो।

बागलुङतर्फ पुरुष ६३ केजीमा देवेन्द्रराज लामा, महिलातर्फ ५७ केजीमा करिष्मा सुनार र ६२ केजीमा ममता खड्काले स्वर्ण पदक प्राप्त गर्न सफल रहे। पर्वततर्फ खेलाडीमा ५८ केजीतर्फ सुरज कँडेल ७४ केजीमा ईश्वर नेपाली कास्कीका विजय गुरुङ पुरुषतर्फ र म्याग्दीका रश्मी श्रेष्ठ महिला तर्फ वेष्ट फाइटर घोषित भए। उनीहरुलाई १०/१० हजार नगद सहित पुरस्कृत गरियो।

विजयलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पुरस्कार तथा पदक वितरण गर्दै पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्न महानगरपालिकाले सक्दो योगदान गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा तेक्वान्दो क्षेत्रमा योगदान दिएकोमा तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, कुकियन प्रतिनिधि कोरियन गुरु क्वान योङ दल र ङमरजंग गुरुङलाई समेत गरियो।

गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ५२ वाउट खेलाइएको तेक्वान्दो समिति अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width