पोखरा, ३ माघ। हिमा अस कन्सलटेन्सी र दि मुङलान रेष्टुरेन्टले १३ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा सहप्रायोजन गर्ने भएको छ।
भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ मा आयोजना गर्ने उक्त म्याराथनमा सह–प्रायोजनका लागि हिमा अस एजुकेशन कन्सलटेन्सी र मुङलान रेष्टुरेन्टतर्फ संस्थाका कार्यकारी निदेर्शक राजमान थकाली र मञ्चतर्फबाट कोषाध्यक्ष एवम आर्थिक संयोजक मञ्जुलमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सहप्रायोजन बापतको रकम २ लाख रुपैयाँ बराबरको रहेको छ।
कार्यक्रममा राजमान थकालीले मञ्चले आयोजना गर्ने म्याराथन पोखराको गौरव बढाउनेमध्ये एक भएको बताए । उनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिन आफूले सक्दो प्रयास गर्ने बताए।
मञ्च अध्यक्ष तेज गुरुङले सहयोगप्रति आभार प्रकट गर्दै प्रदेश सरकार र पोखरा महानगर पनि पोखरा म्याराथन सफल पार्न सहयोगी भूमिका प्रदान गरेको जनाए। यसअघि ग्यालिसियर होटल एण्ड स्पाले म्याराथनको सहप्रायोजकरुपमा सम्झौता गरिसकेको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९