एसओएसमा ३६ औं वार्षिक खेलकुद शुरु

आदर्श समाज सम्वाददाता
पौष २७, २०७५
sos_Fotor

पोखरा, २६ पुस । एसओएस हरमन माइनर माध्यमिक विद्यालय गण्डकी रामबजारको ३६ औं वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । तीन दिनसम्म चल्ने सो कार्यक्रम गण्डकी प्रदेशका सांसद कृष्ण थापाले उद्‍घाटन गरे ।

विद्यालयका अन्‍नपूर्ण, धौलागिरी, गौरीशंकर र माछापुच्छ्रे सदनका विद्यार्थीले विभिन्‍न ट्रयाक र फिल्ड इभेन्टमा सहभागी छन् ।

कार्यक्रममा प्रमुख अतिथि थापाले एसओएस गण्डकी प्रदेशकै गहना भएकोले यसको संरक्षण, विकास तथा स्थायित्वका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष रूपमा सोच्नु पर्ने बताए । उनले आफ्नोतर्फबाट भरपूर सहयोग रहने दृढता व्यक्त गरे ।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्‍ठले खेलकुदले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताए।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्‍ठको अध्यक्षतामा सम्पन्‍न भएको उक्त कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक किरण सापकोटाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…
  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…

hero news full width