जाकार्ता, पुस ९ : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ ।
उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो ।
फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् ।
इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ ।
प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिनप्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको विवरण आएको बताउनुभयो ।
घटनामा परी अहिलेसम्म चार सयभन्दा बढीको मृत्यु भएको छ भने १४ सयभन्दा बढी घाइते भएका छन् ।
खोजी तथा उद्धारकार्य अझै पनि जारी रहेकाले मृतक, घाइते र विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।
प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोको भनाई छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।
भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।
यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीका कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९