पोखरा, ४ पुस । पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलमा बुधबारदेखि स्पोर्टस् मिट शुरु भएको छ ।
दुइ दिनसम्म चल्ने प्रतियोगिताको बोर्डिङका प्राचार्य रवीप्रसाद बरालले उद्घाटन गरे । उनले विद्यार्थीको स्वास्थ्य र अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले वर्षेनी यस्ता खेलकुद प्रतियोगिता हुने गरेको बताए । ‘खेलकुद हामी रमाइलोका लागि मात्रै लिन्छौं ।
यसबाट विद्यार्थीले धेरै कुराहरु सिकिरहेका हुन्छन्,’ उनले भने, ‘खेलकुद स्वास्थ्यका लागि पनि हो र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि पनि हो ।’
कार्यक्रममा सहायक प्राचार्यद्वय कृष्णबहादुर थापा र यज्ञराज शर्माले स्पोर्टस् डे को फ्लेम प्रज्वलन गरी विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।
बुधबार सम्पन्न खेलमा ट्रयाक र फिल्ड गरी ७२ इभेन्ट तथा भलिबल प्रतियोगिता भएको थियो । स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका प्रमुख मोहनप्रसाद गुरुङको संयोजनमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शकुन्तला गुरुङले गरेकी थिइन् ।
बिहीवार फिल्ड, ट्रयाक र भलिबल गरी ३० खेल सञ्चालन हुने र खेलकुद कार्यक्रमको समापनपछि स्पोर्टस् मिटका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिने गुरुङको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९