लमजुङ, २७ कात्तिक। याक अट्याक-२०१८ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानेडियन नागरिक ३४ वर्षे करी वालेस च्याम्पियन भएका छन्। उनको यो जितसँगै उपाधिमा हृयाटि्रक गरे ।
हरेक वर्ष वेशीसहरबाट शुरु हुने विश्वकै चर्चित अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको यसपालिको १२ औं संस्करणको सो प्रतियोगिता ५ दिनसम्म चलेको थियो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने संसारकै अग्लो मानिने ५ हजार ४ सय १६ मिटर उचाइको हिमालीपारीको जिल्ला मनाङस्थित थोराङ्ला भञ्ज्याङ पास गरेर प्रतियोगीहरू मुस्ताङ कागबेनी हुँदै कालोपानी पुगेको प्रतियोगिता व्यवस्थापक माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार १४ देशका ३२ प्रतियोगीले भाग लिएको सो प्रतियोगितामा ९ नेपाली थिए।
प्रतियोगितामा १८५ किमीको दुरी १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पूरा गर्दै करी च्याम्पियन हुँदा १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गरी नेपालका २४ वर्षीय रोअन तामाङ -बुद्धिबहादुर तामाङ) दोस्रो भए । नेपालकै ओकेस बज्राचार्यले तेस्रो स्थान हासिल गरेका छन् । उनले १३ घण्टा ३५ मिनेट १ सेकेन्डमा दुरी पार गरे ।
वेशीसहरबाट शुरु प्रतियोगिता लमजुङको खुदी, रामजार, च्याम्चे हुँदै मनाङको प्रवेश नाका ताल, मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनीकाट कालोपानीमा पुगेर टुंगिएको थियो। महिलातर्फ अष्ट्रेलियाकी ३१ बर्षीया करेन हिल पहिलो भइन्। आठ प्रतियोगीमध्ये उनले १७ घण्टा ५९ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । नेपालकी ३० बर्षीया लक्ष्मी मगर दोस्रो भइन्। उनले १९ घण्टा १८ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी गरिन् । २६ घण्टा ३६ घण्टा ५८ मिनेटमा दौड पूरा गरेकी नेदरल्याण्डकी निन्के उस्ट्रा तेस्रो भइन् ।
बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्डवाइडको आयोजनामा भएको प्रतियोगितामा विजयीलाई १ हजार, ५ सय र २ सय ५० डलर पुरस्कार प्रदान गरिएको संस्थाका निर्देशक फिल इभान्सले बताए।
त्यस्तै, चालीस वर्षमाथिका प्रतियोगीमध्ये निर्धारित दूरी १५ घण्टा, ३८ मिनेट १८ सेकेन्डमा पार गर्दै नेपालका हर्क लामा पहिलो भए। पोर्चुगलका जोसे टेक्सेरिया र स्पेनका जोसे मारिया अर्डेजोन क्रमशः दोस्रो र तेस्रो भए।
यसैगरी, ५० वर्षमाथिको इभेन्टमा बेल्जियमका पिरे कस्टाग्ने, सर्ज भ्यान भौचेलेन र भिसेन्ट गौभरनियर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा नेपाल सहित अष्ट्रिया, इटाली, क्यानाडा, बेल्जियम, कोष्टारिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, इक्वेडर, फ्रान्स, स्पेन र पोर्चुगलका प्रतियोगी सहभागी भएको आयोजकले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९