पीपीएल क्रिकेट : पोखरा उपाधिनजिक

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५
IMG_9142_Fotor

पोखरा, १७ कात्तिक । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टन फाइनल प्रवेश गरेको छ। चितवन राइनोज र र हुलास काठमाडौं रोयल्स भने फाइनल प्रवेशका लागि प्ले अफ पक्का गरेका छन्।

शनिबार लिग चरणको खेल सकिँदा घरेलु दर्शकको साथ पाएको पोखरा लिग तालिकामा शीर्ष स्थान रहँदै उपाधि नजिक पुग्न सफल भएको हो। पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा पोखराले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको पार्‍यो। यस्तै, चितवन राइनोज र विराटनगर ब्लाष्टरबीच लिग चरणको अन्तिम खेल सकिँदा राउण्ड रोविन आधारमा निर्धारित ५ खेलमा पोखरा ६ अंकका साथ शीर्ष स्थानमा रहेको हो। लिग तालिकामा शीर्ष रहने टोली सिधैँ फाइनल पुग्छ। यस्तै, क्रमशः दोस्रो र स्थानमा रहेका चितवन राइनोज र र हुलास काठमाडौं रोयल्सले फाइनल प्रवेशका लागि आइतबार बिहान एलिमिनेटर राउण्ड खेल्नेछन्।

दीपेन्द्रसिं ऐरीको एक्र्सपर्ट धनगढी ब्लुज, सोमपाल कामीको बुटवल ब्लाष्टर र सन्दीप लामिछानेको विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिए।

शनिबार पोखरा र चितवनले खेल जित्दै पोखरासहित चितवन, काठमाडौं र धनगढीले समान ६ अंक बनाए पनि रन रेट आधारमा धनगढी पछि परेको हो। बुटवल ब्लाष्र्टसको २ मा जित र विराटनगरको मात्र १ मा जित कायमले क्रमशः ४ र २ अंकका साथ तालिकाको पुछारमा पर्दै बाहिरिन पुगे।

यसअघि लिग तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंलाई शरद भेषवाकरको पोखरा पल्टनले आफ्नो पाँचौ खेलमा हराउँदै शीर्षस्थानमा उक्लिएको हो। उद्घाटन खेलमा विराटनगरलाई हराएको पोखराले अको खेलमा चितवनलाई पराजित गरेको थियो।

शनिबार ऊ काठमाडौंसँग पराजित गरेको भए ४ खेल नै जितेर काठमाडौं सिधैँ फाइनल पुग्ने थियो। तर काठमाडौंले दिएको १०४ को लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो। त्यसो त पोखरा विजयी भएसँगै बुटवल ब्लाष्टर र १ खेल खेल्न बाँकी विराटनगरको प्ले अफ सम्भावना टुटिसकेको थियो। पहिलो खेलमा पोखराले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएकोमा ऊ १९.१ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भएको थियो। कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए पनि हार र्टार्न सकेनन्। उनले २८ बलमा ३ चौका र १ छक्का हाने। अमित श्रेष्ठले २१ र पवन सर्राफले १२ रन बनाएका थिए। काठमाडौंलाई सस्तैमा समेट्न ललितनारायण राजवंशीले ३ विकेट लिएका थिए भने मोहम्मद नाभिद र रसिद खानले २-२ विकेट तथा विक्रम भुषालले १ विकेट झारेका थिए।

पोखराको जितमा म्यान अफ दी म्याच मोहम्मद नावीदले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३६ रन जोडे। उनले १५ बल सामना गरेकोमा ५ छक्का हाने। त्यस्तै, ओपनिङ ब्याटिङ थालेका कुशल भूर्तेलले १४, आशिफ शेखले १६, इन्दरकुमार सिंहले २२ र रोहितकुमार पौडेलले १५ रन थपे पनि अन्य खेलाडीले कुनै पनि स्कोर कायम गर्न सकेनन्। काठमाडौंका लागि अमरसिंह रौटेलाले ३, सुसन भारी, पवन सर्राफ र नन्दन यादवले समान १-१ विकेट लिए। शनिबारको दोस्रो खेलमा पारस खड्काको चिवतनले विराटनगरलाई ४ विकेटले हराउँदै प्ले अफ पक्का गर्न सफल भएको हो। विराटनगरले दिएको १४६ रनको लक्ष्य चिवतनले मात्र ३ बाँकी छँदा ६ विकेट क्षतिमा पूरा गर्‍यो। चितवनका सन्नी पटेल म्यान अफ दी म्याच भए। त्यसअघि विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन जोडेको थियो। टस जितेर पहिले ब्याटिङ गर्दै उत्कृष्ट सुरुवाती गरेको विराटनगर पहिलो विकेटका लागि ८७ रनको साझेदारी खेलेको थियो। पाकिस्तानी खेलाडी महम्मद जाइद आलमले अर्धशतक बनाउँदै करन केसीको बलमा सन्नी पटेलबाट क्याच आउट हुँदै पेभेलियन फर्किए। आलमले ४७ बल सामना गरेकोमा ६ चौका र २ छक्का हाने। त्यस्तै, सुनिल धमलाले ४७ रन बनाएका थिए। अन्य खेलाडीले सीमित स्कोर रह्यो।

चितवनले पाएको १४६ रनको लक्ष्य पूरा गर्नेक्रममा सन्नी पटेल नटआउट रहँदै अर्धशतकको पारी खेले। उनले २४ बलमा ४ चौका र ४ छक्का हाने। चितवनले २८ रनमा ३ विकेट गुमाएको थियो। अनिल शाह १३ रनमा आउट भए भने हरिशंकरले १ रन पनि जोडेनन्। कप्तान पारसले मात्र ७ रन बनाए। आरिफ शेखले ३९ बलमा ३५ रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले एकै ओभरमा २ विकेट लिँदा चितवन दबाबमा आएको थियो। अन्तिममा सन्नीले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई एलिमिनेटर राउण्डमा पुर्‍याउन सफल भए। सुनिल धमला र शाहव आलमले १-१ विकेट लिए।

यसैबीच, उपाधि होडबाट बाहिरिएपछि विराटनगरका सन्दीप लामिछानेले पीपीएल अनुभवबाट अझै अगाडि बढ्ने मौका मिलेको बताए।  चितवनका पारस खड्काले आगामी खेल अझै दबाबपूर्ण रहेको प्रतिक्रिया दिए। सो प्रतियोगिताको फाइनल मंगलबार हुनेछ। विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग