पोखरा, १४ कात्तिक। सन्दीप लामिछाने र पारस खड्काको टिम पहिलो जित हात पार्दै पोखरा प्रिमियर लिग -पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताको र्फममा आएका छन् । बुधबारको खेल जित्नै पर्ने दबाबबीच क्रिजमा आएका क्याप्टेन सन्दीपको विराटनगर टाइटन्स र पारसको चितवन राइनोजले खेल जितेर समान २-२ अंक जोड्न सफल भएका हुन् । यद्यपि, उनीहरुको लागि अन्तिम ३ भित्र पर्न आगामी खेल अंकगणितीय नै छ ।
यसअघि तीनै खेलमा पराजित विराटनगरले बुधबारको दोस्रो खेलमा लिग तालिकाको शीर्षता कायमै राखेको बुटवल ब्लाष्टरलाई १२ रनले पराजित गरेको हो । विराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमै समेटियो । बुटवललाई अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा किशोर महतोले उत्कृष्ट बलिङ गर्दै टिमलाई पहिलो जित दिलाएका हुन् ।
बुटवलका लागि भीम सार्कीले ५० रन सहित अर्धसतकको पारी खेल्दा सागर पुनले २९, शंकर रानाले २३ जोड्न सके । ४२ बलको सामना गरेका सार्कीले ४ चौका र १ छक्का हान्दा सागर पुनले ३३ बलमा ४ चौकासहित २९ रनको योगदान दिए । बुटवललाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले एकै ओभरमै २ विकेट लिए । अघिल्ला खेलको तुलनामा सन्दीपको बुधबारको खेल हेर्न लायक भयो । यस्तै, किशोर महतोले २ तथा साहव अलाम र सुनिल धमलाले समान १-१ विकेट झार्न सफल भए ।
त्यसअघि, टस जितेर व्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन जोडेको थियो । ओपनिङ व्याट्सम्यान मोहम्मद जायद अलामले सर्वाधिक ७२ रनको योगदान दिए । विराटनगरलाई पहिलो जित दिलाउन उनले ४५ बलमा ६ चौका र ५ छक्का हाने । उनी प्रतियोगितामा म्यान अफ दी म्याच समेत घोषित भए । यस्तै, प्रदीप ऐरीले ४१ र बनाउँदा अन्य खेलाडीले भने सम्झनलायक रन बनाउन सकेनन् । बुटवलका लागि ललित भण्डारीले २ विकेट लिँदा विपिन खत्री, संसद शेख, सागर पुनले १-१ विकेट लिए ।
प्रतियोगितामा ३ खेल खेलेको बुटवलको यो पहिलो हार हो । २ खेल खेल्न बाँकी ऊ ४ अंकका साथ लिग तालिकाको शीर्षस्थानमै छ । सो प्रतियोगितामा विभिन्न विधाका विजेतालाई आइसिसीद्वारा फोटो अफ द इयर-२००७ का अवार्ड विजेता पोखरेली फोटो पत्रकार सुदर्शन रञ्जितलगायतले पुरस्कार हस्तान्तरण गरे ।
यस्तै, पारस खड्का कप्तानीको चितवन राइनोजले धनगढीलाई १२६ रनको फराकिलो अन्तरले पाखा लगाउँदै लिग तालिकामा २ अंक जोड्न सफल भयो । यसअघि घरेलु टिम पोखरा पल्टन र बुटवल बलाष्टरसँग पराजित चितवनले बुधबारको पहिलो खेलमा विजयी हुँदै प्ले अफ दी म्याचमा जाने सम्भावना जिवितै राख्न सफल भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको उसले २० ओभरमा ५ विकेट गुमाउदै महत्वपूर्ण १९३ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि जारी प्रतियोगिताकै ठूलो १०१ रनको साझेदारी गरेका थिए । खेलमा अनिल ३७ रनमा रनआउट हुँदा हरिशंकरले सर्वाधिक ५३ रन जोडे । उनले ३३ बलमा ६ चौका र ३ छक्का हाने ।
स्मिथ पटेलले २४ र कप्तान पारस ९ बलमा १९ रन बनाए । बलिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले १-१ विकेट लिए ।
फराकिलो लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको धनगढी १६.२ ओभर ६७ रनमै अलआउट हुन पुग्यो । १ रन पनि नजोडी २ विकेट गुमाएको उसले तेस्रो विकेट ७ रन छँदै खेर फाल्यो । सर्वाधिक २७ रन बनाएका पिटर ट्रेगो क्याचआउट हुन पुगे । उसका लागि बाँकी खेलाडी सस्तैमा आउट हुँदा चितवनका लागि भाग्यको ढोका खुल्यो । सन्नी पटेलले ४, स्थिम पटेलले २ र भुवन कार्कीले २ विकेट चट्काए । प्रतियोगितामा सन्नी पटेल म्यान अफ दी म्याच बने ।
विहीवारको पहिलो खेल चितवन राइनोज र हुलास काठमाडौं रोयल्स तथा दोस्रो खेल एक्र्सपर्ट धनगढी ब्लुज र बुटवल ब्लाष्टरबीच हुने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९