पोखरा, २६ भदौ। अन्तरसामुदायिक भलिबल प्रतियोगिताको उपाधि लेखनाथले जितेको छ ।
तीज अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा भएको १३ औं तीज सांस्कृतिक महोत्सवअन्तर्गत पहिलो दिन भएको प्रतियोगिताको फाइनलमा सामुदायिक बगरलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। हल्लनचोकस्थित क्याम्पिङचोकमा भएको फाइनलमा सामुदायिक लेखनाथले सामुदायिक बगरलाई २५-१६ र २६-२१ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित सामुदायिक लेखनाथले खसी, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बगरले बोका, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।
५ टिमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत बगरले बैदामलाई र लेखनाथले जिल्ला समन्वय समितिलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उद्घाटन खेल भने लेखनाथले हेमजालाई सोझो सेटमा हराएको खेल संयोजक दीपेन्द्र पहारीले जानकारी दिए । विजयीलाई वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवीन कार्की, जिल्ला समन्वय समिति अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका निवर्तमान अध्यक्ष भीम पराजुली, खेल संयोजक दीपेन्द्र पहारीले पुरस्कार वितरण गरे ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरी प्रतियोगिता गरेका थिए । एसपी रानाले सामाजिक विकृति विसंगति न्यूनीकरणमा सामुदायिक बैदामले उल्लेख्य कार्य गरेकोमा प्रशंसा गर्दै यसप्रकारका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले जिल्लाको शान्तिसुरक्षा कायम गर्न सबैजनाको उत्तिकै सहयोग आवश्यक रहेको पनि बताए । सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका सहसचिव समेत रहेको प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।
यसैबीच, तीज सांस्कृतिक महोत्सवको उद्घाटन बुधबार प्रदेशका उपसभामुख सिर्जना शर्माले गर्ने कार्यक्रम छ । सो अवसरमा खुला तीज गीत प्रतियोगिता हुनेछ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९