पोखरा, १२ भदौ। लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा पोखरामा भदौ १५ देखि १८ सम्म क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ।
नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो।
फाउण्डेशन अध्यक्ष अमृत गुरुङले प्रतियोगितामा पुरुषतर्फ १६, महिलातर्फ ६ तथा भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहने जनाए।
पुरुषतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।महिलातर्फ विजेताले २२ हजार २ सय २२ र उपविजेताले १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् भने भेट्रान्सतर्फ विजेताले १५ र उपविजेताले १० हजार जित्नेछन्।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विद्यागतरुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने छ। साथै प्रतियोगितामा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९