पोखरा, १२ भदौ । अन्तरविद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा प्रगति मावि च्याम्पियन बनेको छ । ओभरअलमा प्रगति २७ अंक बटुल्दै च्याम्पियन बनेको हो ।
फाइनलमा कक्षा ११ र १२ मावितर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृति केसी र स्मृति गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र सलोनी गुरुङको जोडीलाई २१-१३ र २१-११ को सोझो सेटमा पराजित गर्यो। स्टेप वाई स्टेपकी राधा अर्याल र सम्झना न्यौपानेको जोडी र शान्ति निकुञ्जकी जीना जलारी र सुकृतिको जोडीले तेश्रो स्थान प्राप्त गरे।
कक्षा ११ र १२ मावितर्फ छात्र डवल्स फाइनलमा गण्डकीका विधान अधिकारी र निकेश खड्काको जाडीले रेन्वोका मोहित सेन र खेमराज गुरुङको जोडीलाई २१-९ र २१-२१-१६ को सेटमा पाखा लगाए। खेलमा सगरमाथाका ओम थापा र अरुण क्षेत्री तथा ग्लोबलको विशेष बस्नेत र बरुण गुरुङको जोडी तेस्रो बन्यो ।कक्षा ११ र १२ मावि छात्रा सिंगल्स फाइनलमा टप्सकी आकृती अधिकारीले जनप्रियकी सविना आचार्यलाई २१-१२ र २१-११ को सेटमा हराइन् । खेलमा ग्लोबलकी सुजिता गुरुङ र शान्तिनिकुञ्जकी जीना जलारी तेस्रो भए ।
छात्र सिंगल्स गण्डकीका विधान अधिकारीले सगरमाथाका ओम थापालाई २१-१६ र २१-७ को सोझो सेटमा हराउँदै प्रथम भए । खेलमा स्टेप बाइ स्टेपका सुदीप भण्डारी र सैनिकका स्पन्दन श्रेष्ठ तेश्रो भए।
कक्षा ९ र १० मावि छात्रा सिंगल्समा टप्सकी प्रजिता गुरुङ प्रथम, अलिशा बलाल द्वितीय, पोखरा लर्नसकी सदीक्षा आचार्य र प्रगतिकी शीतल केसी तृतीय भए। छात्रतर्फ प्रगतिका शशांक अधिकारी प्रथम, सैनिकका काजी थापा द्वितीय, सैनिककै पवन गुरुङ र प्रगतिका ओलिभर गुरुङ तृतीय भए।
कक्षा ९ र १० मावि छात्र डवल्समा प्रगतिका ओलिभर गुरुङ र शशांक अधिकारीको जोडीले सोझो सेटमा सैनिकका पवन गुरुङ र काजी थापाको जोडीलाई हरायो । खेलमा सैनिकका शौरभ बराल र शौरभ थापाको जोडी तथा प्रगतिका आयुष केसी र जीवन श्रेष्ठको जोडी तेश्रो भए।
कक्षा ९ र १० मावि छात्रा डवल्समा टप्सकी प्रजिता गुरुङ र अलिशा बलालको जोडीले प्रगतिका नीरझरा खड्का र शीतल केसीको जोडीलाई फाइनलका पराजित गर्यो । खेलमा प्रगतिकी कृति पोखरेल र वीनिता बस्ितलाको जोडी तथा पोखरा एकेडमीको नमूना खड्का र सविना गुरुङको जोडी तेस्रो बन्यो ।
आधारभूत तह छात्रा सिंगल्समा प्रगतिकी नीरझरा खड्का प्रथम, पोखरा एकेडमीकी नमूना खड्का द्वितीय, प्रगतिकी विद्यायिका अधिकारी र येमी गुरुङ तेश्रो भए।
छात्रतर्फ प्रगतिका शशांक अधिकारी र छात्रामा टप्सकी प्रजिता गुरुङ सवोर्त्कृष्ट खेलाडी घोषित हुँदै माउन्टेन बाइक प्राप्त गरे। उदीयमान खेलाडी जनप्रियका अमन गुरुङ, राइजिङ प्लेयर सैनिकका दीपक खत्री घोषित भए । एसओएसले अनुशासितको उपाधि प्राप्त गर्दा सैनिकले वेष्ट ड्रेसको उपाधि पायो। विजेता जनही ७ हजार बराबरको खेल सामग्री पाए।
कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा २ सय ३ जना विद्यार्थीले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९