पोखरा, ३ भदौ ।पश्चिमाञ्चल भलिबल संघले बिच भलिबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको ‘ए’ टिमलाई २१-१९, २१-१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो ।
उपाधिसंगै पश्चिमाञ्चलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ ‘ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीलगायतले विजेता, उपविजेता दुबै टोलीलाई पुरस्कार प्रदान गरे ।
पोखराको बाराहीघाटस्थित बीच भलिबल कोर्टमा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ र रमेश कार्कीको जोडीले सशस्त्रको कुलबहादुर कार्की र भोजबहादुर बि.क.को जोडीलाई फाइनलमा हराएको हो । प्रतियोगितामा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ सवोर्त्कृष्ट खेलाडी बने । भुपेन्द्रले नगद ५ हजारसहित बेष्ट प्लेयरको ट्रफी हात पारे ।
प्रतियोगिताको सेमीफाइनलमा एपीएफ ‘ए ले कास्की जिल्ला भलिबल संघलाई २१-१८ र २१-१७ को सोझो सेटमा हराउँदै फाइनल पक्का गरेको थियो । उता, पश्चिमाञ्चल भलिबल संघले भने सशस्त्रकै एपीएफ ‘बी’ लाई १७-२१, २४-२२ र १९-१७ ले हराउँदै फाइनलयात्रा तय गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजिव पहारीले पोखरामा खेलकुदको संभावना धेरै रहेको औंल्याए । नेपाल ट्रष्ट मातहत रहेको बाराहीघाटको खेलकुद मैदानलाई सम्बन्धित संघसंस्थाको मातहतमा ल्याउन आफूले पहल गर्ने सांसद पहारीको प्रतिबद्धता थियो ।
पहारीले स्थानीय संघसंस्थाहरुलाई यहाँको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जिम्मा दिनुपर्नेमा जोड दिए । फेवाताल गण्डकी प्रदेशकै प्रमुख सम्पत्ति भएकोले यसको संरक्षण हुनुपर्नेमा सांसद पहारीले जोड दिए ।
फेवातालको आकार खुम्चदैं गएकोमा पहारीले चिन्ता ब्यक्त गरे । उनले भने, ‘फेवाताल नै नरहे, पोखरासमेत रहँदैन ।’ कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ आचार्यसमेतले बोलेका थिए।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक तारानाथ पहारीले स्वागत र कोषाध्यक्ष टंकराज पौडेलले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९