हेमजा, १५ साउन। विष्णुपादुका माध्यमिक विद्यालयको स्वर्णमहोत्सव अवसरमा आयोजित अन्तरमाध्यमिक तह छात्र सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा मंगलवार प्रिक्वाटर फाइनलका खेल सम्पन्न भए।
जसमा बालकल्याण, इमानुयल, स्नो भ्यू, अम्बिका, बेसलाइन, हेमजा बोर्र्डिङ, प्रतिभा र धवलागिरी विजयी भए ।
पहिलो खेलमा बालकल्याणले तालवाराहीलाई १-० गोलअन्तरले हरायो भने दोस्रो खेलमा इमानुयलले डाइनामिकलाई १-० गोलअन्तरमै पाखा लगायो ।
स्नो भ्यू र जनजागरणबीचको तेस्रो खेलमा ३-० गोलले स्नो भ्यू बोर्र्डिङ विजयी भएको हो ।
अम्बिका मावि र करुणानिधिबीचको चौथो खेलमा १-० ले अम्बिका, इन्द्रराज्यलक्ष्मी मावि तथा बेसलाइन बीच भएको पाँचौं खेलमा २-० गोलअन्तरले बेसलाइन, अमरसिंह मावि र हेमजा बोडिङबीचको छैटौं खेलमा ट्राइबेक्ररमा हेमजा बोर्र्डिङ विजयी भए।
प्रतिभा मावि र कास्की मोर्डनाइज्डबीच भएको सातौ खेलमा प्रतिभाले कास्की मोर्डनाइज्डलाई सडनडेथको शिकार बनायो । अन्तिम तथा आठौ खेलमा धवलागिरीले फिस्टेलको चुनौती १-० गोलअन्तरमा पन्छायो ।
बुधवार क्वाटरफाइनलका खेल हुनेछ । जसमा बिहान ११ बजे बेसलाइन र अम्बिका मावि बीच हुने खेल संयोजक शिक्षक शेरबहादुर कार्कीले जानकारी दिए।
यसैबीच विद्यालयले मंगलवार आधारभूत तह (कक्षा १-५) स्तरीय छात्र, छात्रा हिसाब दौड प्रतियोगिता सम्पन्न गरेको छ।
जसमा छात्रतर्फ हेमजा बोर्र्डिङका जितेन भण्डारी प्रथम, दीव्यज्योतिका झलक विक द्वितीय, ग्रामप्रकाशका सुमित मल्ल तृतीय भए।छात्रामा हेमजा बोर्र्डिङकी प्रनिशा दाहाल प्रथम, बालकल्याणकी सजिना हरमेल द्वितीय र दीव्यज्योतिकी सृष्टि नेपाली तृतीय भएको शिक्षक प्रकाश त्रिपाठीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९