पोखरा, १२ साउन । अष्टे्रलियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुर्इ पक्षबीच पोखरामा सहमति भएको छ।
अष्टे्रलियामा रही नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लब, हिमालयन लियोपार्ड फुटी क्लबबीच सम्झौता भएको हो।
इन्स्टिच्युटका नेपाल प्रतिनिधि स्टेफन होफम्यान र लियोपार्ड क्लबका अध्यक्ष डिल्ली कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौतामा इन्स्टिच्युटले आगामी कात्तिकसम्म क्लबलाई झण्डै १ लाख बराबरको जर्सीसहयोग गर्नेछ भने क्लबले उक्त जर्सीा इन्स्टिच्युटको लोगो प्रयोग गर्नेछ। खेलको विकासका लागि आगामी दिनमा दुवै पक्षले आपसमा सहयोग तथा सहकार्य पनि गर्नेछन्।
स्टेफनले अष्ट्रेलियाको लोकप्रिय खेल नेपालमा सञ्चालनार्थ सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
लियोपार्ड क्लबका सल्लाहकार समेत रहेका अष्ट्रेलिया-नेपाल अर्गनाइजेशनका अध्यक्ष प्रोफेसर डा दामोदरप्रसाद पोखरेलले नेपालमा यो खेलको विकासका लागि काठमाडौ, पोखरा र उदयपुरमा समिति गठन गरिने बताए।
सल्लाहकार नारायण पहारीले सो खेल प्रचार-प्रसार र व्यापक बनाउन स्कूले कार्यक्रमहसञ्चालन गरिने बताए।
क्लब सल्लाहकार तथा पोखरा होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरामा फुटी मार्फत खेलपर्यटनको विकास गर्न सकिने जनाए।
कार्यक्रम सञ्चालन क्लब सचिव रामचन्द्र कोइरालाले गरेका थिए।
झण्डै ६ महिना अघि नेपाल भित्रिएको सो खेल कास्की जिल्ला खेलकुद विकास समितिमा क्लबका रुपमा दर्ता गरिएको छ। खेलमा हातखुट्टा दुवैको प्रयोग हुन्छ ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९