पोखरा, ५ साउन । पोखरामा शनिबारदेखि सर्द्धम सभा धर्म संघ बुद्ध विहार डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवको अवसरमा दोस्रो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भरतराज शाक्यले जनाए।
उद्घाटन खेलमा निगम शाक्य र इश्वरमान शाक्यले वाकओभर पाएका छन्। शान्तमान बुद्धाचार्य र झलकमान शाक्यको जोडीसंग भिडेको निगम र इश्वरमानले पहिलो सेट १५-१३ ले जितेपछि दोस्रो सेटमा वाक ओभर पाएको थियो। प्रतियोगिताको दोस्रो खेलमा सोवितमान बुद्धाचार्य र विनोद शाक्यको जोडीले सुवास बुद्धाचार्य र दुर्गामान बुद्धाचार्यलाई १५-१० र १५-५ को सोझो सेटले हराएको थियो। त्यस्तै, शनिबार नै भएको तेस्रो खेलमा मंगलराज शाक्य र रवीन्द्रमान बज्राचार्यको जोडीले प्रितम शाक्य र अन्तुमान गुभाजुको जोडीलाई १५-१ र १५-४ को सोझो सेटमा हराएको थियो ।
प्रतियोगिताका विजेतालाई ६ हजार, उपविजेतालाई ४ हजार, तेस्रो हुनेलाई २ हजार र उत्कृष्ट जोडीलाई १ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा ७ टिमको सहभागिता छ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९