राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५

पोखरा, २० जेठ। पोखरा रंगशालामा आइतबवारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ १५ सय मिटर छात्रतर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्णपदक ल्याएका छन्। उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पूरा गरेका थिए।

सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे। उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पूरा गरेका थिए भने लमजुङका आदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पूरा गर्दै काश्य पदक जितिन्। यसैगरि, छात्रातर्फको १५ सय मिटर दौडमा स्याजाकी जमुना खरेलले स्वर्णपदक प्राप्त गरिन भने गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अष्मिता पौडेलले काश्य पदक ल्याइन्।

छात्रतर्फको ८ सय मिटर दौडमा कास्कीका बिबेक अधिकारीले स्वर्ण लमजुङका प्रकाश नेपालीले रजत र गोर्खाका अनिल गुरुङले रजत पदक प्राप्त गरे। सोही दौडको छात्रातर्फ स्याङ्जाकी जमुना खरेलले स्वर्ण गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अस्मिता पौडेलले काश्य पदक ल्याइन्।

यसैगरि, छात्र रिलेतर्फ नवलपरासीले स्वर्णपदक ल्याएको छ भने कास्कीले रजत पदक र तनहुँले काश्य पदक हात पारेको छ। त्यसैगरि, सोही इभेन्टमा छात्रातर्फ कास्कीले स्वर्ण स्याङ्जाले रजत र म्याग्दीले काश्य पदक प्राप्त गरेको छ।

एथलेटिक्सको छात्र शटपुटतर्फ लमजुङका शरद कुमालले स्वर्णपदक ल्याएका छन भने नवलपरासीका बिबेक महतोले रजत र कास्कीका दिपक थापाले काश्य पदक ल्याए। यसैगरि छात्रा शटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्णपदक ल्याएकी छन् भने लमजुङकी ममता घलेले रजत र तनहुँकी अनु सुनारीले काश्य पदक ल्याइन्।

आइतबार नै सम्पन्न छात्र हाइजम्पतर्फ पर्वतका समुन्द्र नेपालीले स्वर्णपदक ल्याए। उनका प्रतिद्वन्दी लमजुङका बिकास थापाले रजत र नवलपरासीका समिर महतोले काश्य पदक ल्याए। छात्रा हाइजम्पमा  गोर्खाकी सुष्मिता पन्तले स्वर्ण कास्कीकी कुशुम रानामगरले रजत र पर्वतकी रिना कुवरले काश्य पदक ल्याइन्।

यसैगरि छात्र कब्बडीतर्फ, सम्पन्न भएको पहिलो चरणका खेलहरुमा बागलुङ, गोर्खा, कास्की, तनहुँ र लमजुङले जित निकालेका छन  भने छात्रा तर्फ कास्की, स्याङजाले जित दर्ता गराएका छन। कबड्डीतर्फका खेलहरु जारी रहेका छन।

यसैगरि, भलिबल छात्रतर्फ तनहुँ, मुस्ताङ र कास्कीले पहिलो चरणका खेल जितेका छन भने छात्रातर्फ पर्वत, मुस्ताङ, तनहुँ, म्याग्दी कास्की र लमजुङले पहिलो चरणमा जित दर्ता गरेका छन। यता मार्शल आर्ट्सतर्फ उसु, तेक्वान्दो र कराँतेका समेत पहिलो चरणका खेलहरु जारी रहेको जनाइएको छ।

यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी बर्ष बाट प्रदेश ४ मा खेलकुद पूर्वाधार बिकासका कामहरु सुरु गर्ने बताएका छन्। मुख्यमन्त्री गुरुङले खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन केन्द्र सरकारसंग मिलेर काम सुरु गर्ने बताए।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध भएको जनाउँदै हरेक जिल्लामा वहुउद्देश्यीय कभर्डहल र खेलमैदान निर्माण गरिने बताए। उनले प्रदेश ४ मा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गर्दै पोखरा रंगशालको पूर्वाधार बिकासलाई गति दिने उल्लेख गरे। युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रम पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीको अध्यक्षतामा भएको थियो। ।

प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय स्तरबाट नै खेलाडीहरु उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले बताएका छन्।

पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको छ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ शिल्ड दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफी सहित पुरस्कार प्रदान गरिने छ।

विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। कराँते, तेक्वान्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी खेलमा प्राप्त स्थान मेडलका आधारमा प्रदान गरिने कूल स्वर्णपदक मध्ये सबैभन्दा बढी ल्याउन सफल हुने जिल्लाले यस वर्षको प्रदेश नं ४ को राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल हुने जनाइएको छ।

भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्ट्स तथा तौल समूह गरि ३७ स्वर्ण३७ रजत र ४३ कास्य गरी कूल १ सय १७ पदकमा प्रतिस्पर्धा हुदैंछ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width