अन्नपूर्ण म्याराथनको उपाधि रिमाललाई

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५

पोखरा, २० जेठ । अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको सो प्रतियोगितामा निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे ।

आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

म्याराथनमा चौंथोदेखि दसौंस्थानसम्म क्रमशः रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगर परेका थिए ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैयाँ पाए । अन्यलाई पनि पुरस्कृत गरियो । म्याराथनमा ६१ धावक सहभागी भएको म्याराथन संयोजक किसम गुरुङले जानकारी दिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत ‘अन्नपूर्ण डे’ का अवसरमा म्याराथन आयोजना गरिएको हो । फ्रान्सेली पर्वतारोही मौरिस हजोर्गले विश्वमै पहिलोपल्ट सन् १९५० जुन ३ मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मतिमा उक्त दिवस मनाइन्छ ।

अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे्र आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइ“ले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुक आइपुगेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले जनाए । नेपाल कम्युनिष्ट पार्टी-नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतले महोत्सव समापन समारोहमा आइतबार धावकलाई पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…
  • अन्नपूर्ण १० लाई अध्यक्ष कप

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं…

hero news full width