पोखरा, १३ जेठ ।चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा नगद एक लाखसहित सम्मान गरिएको छ ।
पोखरा नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले इण्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिपले त्यहाँ गरेको उच्च प्रदर्शनको कदरस्वरुप पोखरामा आइतबार सम्मान गरेको हो । अटो वेज प्रालि पोखरा र प्रतिभा माविले संयुक्त रुपमा सन्दिपलाई नगद एक लाख सहित प्रशंसापत्र र दोसल्लाले सम्मान गर्यो ।
सम्मान ग्रहणपछि सन्दिपले पोखरेलीको सम्मानबाट आफू हषिर्त भएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता पर्ढाईलाई दिएर सँगसँगै आफ्नो रोजाइको खेललाई अघि बढाउन आग्रह गरे । उनले पोखरामा आफूलाई मिलेको सम्मानले भविष्यमा राम्रो गर्न प्रेरित गरेको समेत बताए ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलक्षेत्रले राष्ट्रलाई नै चिनाउने भएकाले यसतर्फ पनि सोच्दै प्रदेश सरकार खेलकुदको विकासमा लागिपरेको बताइन् । उनले सन्दिप लामिछानेको प्रदर्शनबाट उनीसँगै सिंगो नेपालकै चर्चा भएको उल्लेख गरिन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिभा माविले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मान गरेकोमा खुशी प्रकट गरे । सो अवसरमा विद्यालयका अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल विश्व गोपाल पराजुली, कार्यक्रम संयोजक किरण सापकोटाले समेत बोलेका थिए । सम्मानअघि, क्रिकेटर सन्दिपले विद्यालय हातामै पुगेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९