पोखरा, १३ जेठ ।तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आइतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरेको थियो ।
बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ ‘नवराज’ ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे ।
यूकेबाट संकलित रकममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशिमान गुरुङले २२ हजार सहयोग गरेका थिए । फोक्सटन नेपाली कम्युनिटी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले २५ हजार र यूकेबाटै सूर्य गुरुङले २५ हजार रुपैंया सहयोग गरिसकेका छन् । हस्तान्तरण समारोहमा सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङ लगायतको उपस्थिति थियो । मञ्चका अध्यक्ष केशव पाठकले यसअघिका दुर्इ संस्करण आयोजना गर्दा अधिक सहयोग विदेशबाटै प्राप्त भएको स्मरण गर्दै यस्तै सहयोगको अपेक्षा गरे ।
यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोर्र्ट्स् अवार्डको सवोर्त्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुनमगर (आर्चरी), सवोर्त्कृष्ट वर्ष खेलाडी मनोनयनमा परेका छन्। त्यसैगरी, महिलातर्फ बिमला नेपाली -सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आलेमगर (आर्चरी) मनोयनमा परेका छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फूल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।
विजेताहरुले टीभीएस अपाचे मोटरसाइकल, टीभीएस विगो स्कूटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । चारै विधामा उत्कृष्टलाई वर्ल्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान सामसुङ कम्पनीको मोबाइलसमेत प्रदान गरिनेछ ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९