चितवन, १० जेठ । जिल्लाका खैरहनीमा एक हप्ताअघि देखिएको बर्डफ्लू नारायणगढ बजार र पश्चिम चितवन क्षेत्रमा पनि देखिएको छ।
नारायणगढ र देवनगर गरी छुट्टाछुट्टै २ ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको हो।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढ बजारको बालकुमारी तरकारीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका वडा ६ देवनगर नजिकै मयुर कटेज एण्ड रेण्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो।
ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएकोमा बर्डफ्लू प्रमाणित भई आएपछि बर्डफ्लू देखिएका क्षेत्रमा रहेका पक्षी मार्नु कार्य शुरु गरिएको छ। रेष्टुरेण्टमा रहेका २६ वटा हाँस र कुखुरा नष्ट गरिएको खरेलले बताए। उक्त रेष्टुरेण्टमा खोरमा राखेर स्थानीय जातका कुखुरा र हाँस पालिएको थियो।
त्यस्तै तरकारीमण्डीमा १० वटा पसलमा स्थानीय जातका कुखुरा, ब्रोर्इलर कुखुरा र हाँस रहेकोमा तिनीहरुलाई नष्ट गर्ने काम शुरु भएको छ।
बालकुमारी तरकारीमण्डी क्षेत्रमा के कति पक्षीहरु छन् तिनीहरुको अवस्था बुझ्ने काम भइरहेको पनि खरेलले बताए। दुवै ठाउँको नमूना दुर्इ दिन अघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको हो।
यसै महिनाको जेठ ३ मा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा ९ र्सुतनीमा दुर्इ र्फममा बर्डफ्लू देखा परेपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी त्यहाँ रहेका घरपालुवा पक्षी नष्ट गरिएको थियो।
जिल्लामा ठाउँठाउँमा बर्डफ्लू देखा परेपछि बर्डफ्लूको खतरा उच्च हुँदै गएको छ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९