पोखरा, ८ जेठ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा मंगलबार सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्सको च्याम्पियन कास्की भएको छ।
कास्कीले कराँतेमा ७ स्वर्णर १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण उशुमा ३ स्वर्ण १ रजत र २ कास्य र एथलेटिक्समा १ रजत गरी १६ स्वर्ण२ रजत र ३ कास्य पदक ल्याएको थियो।
कास्कीबाट एथलेटिक्समा एकमात्र रजत पदक रेवाज श्रेष्ठले ल्याएका थिए। समग्रमा उसले एथलेटिक्समा कमजोर प्रदर्शन गरेको छ।
यस्तै, स्या·जा ६ स्वर्ण १ रजत र १ कास्य सहित दोश्रो तथा बागलुङ ३ स्वर्ण ६ कास्य र २ रजत सहित तेश्रो भएको छ।
प्रतियोगिता उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको खेलकुद विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको बताउँदै प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता समेत जाहेर गरे।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले सीमित स्रोतसाधन बाबजुद प्रतियोगिता सञ्चालन कठिन भएको अवस्थामा सबैले खेलकुदबाट भोलिका उज्याला दिनहरुको खोजी गरिरहेको बताए।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९