पोखरा, ३ जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)-२०७४ को स्पोर्टस् अवार्डमा यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् ।
काठमाडौंको आर्मी अफिसस क्लबमा बिहीबार आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड हात पारेका हुन् ।
पुरुषतपm फुटबलका रोहित चन्द, व्याडमिन्टका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने र गल्फका टंकबहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन् ।
उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई गौचनले पछि पारेकी हुन् ।
वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा चुनिए । प्रशिक्षकतर्फ टमाटासँगै विनोद दास, फुटबलका छिरिङलोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा थिए ।
पिपुल्स च्वाइसतर्फको अवार्ड भने टेबल टेनिसका स्यान्टु श्रेष्ठले पाए । पिपुल्स च्वाइस विधामा स्यान्टुसँगै क्रिकेटका सन्दीप, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ थिए । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकको उपाधि विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल एक एक थान प्राप्त गरे ।
यस्तै, वर्षको उत्कृष्ट युवा खेलाडीको रुपमा नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी बने । युवाको मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल थिए ।
यसैगरी नेपाली फुटबलको श्रीवृद्विमा उल्लेखनीय योगदान पुर्याएकोमा अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । अपाङ्गताबाट हृवीलचेयर बास्केटबल र क्रिकेट खेलमा उल्लेखनीय योगदान पुर्याएका नेपाली सेनाका हिमाल लम्साल पारा एथलिट अवार्डबाट सम्मानित भए भने स्पेशल अवार्डबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित भए । वर्षको युवा, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट र स्पेशल अवार्डबाट सम्मानित हुने खेलाडीले ट्रफीसहित जनही ५० हजार पुरस्कार पाए ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक मञ्चका अध्यक्ष महेश आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले पनि यही जेठ १८ मा पोखरामा तेस्रो संस्करणको टिभिएस अपाचे स्पोर्टस् अवार्ड गर्दैछ ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९