पोखरा, १ जेठ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगमा सांग्रिला क्रिकेट क्लब २ जित र २ हारसँगै ४ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लिएको छ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा सांग्रिलाले अरण्यज्योति क्रिकेट क्लबलाई ४४ रनले पराजित गर्यो ।
ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनामा भएको खेलमा टस जित्दै व्याटिङ गरेको संाग्रिलाले ३०.४ ओभर खेल्दै १ सय १९ रनको योगफल तयार पार्यो। कप्तान विपीन खत्रीले विष्फोटक व्याटिङ गर्दै ६० रन जोडे। उनले ७० बल खेल्दै दुर्इचौका र ४ छक्का हान्दै सांग्रिलाको इनिङ सम्हाले। सुदीप पौडेलले १६ रनमा पेभिलियन फर्किए। उनले २१ बल खेल्दै दुर्इ चौका हिर्काए। राजु खनालले भने ११ रनको योगदान दिए। अरण्यज्योतिका हरि चौहानले ३ विकेट लिए। अब्दुल खालिदले २ विकेट आफ्नो नाममा लेखाए। मंगलबार ४० ओभरको खेल खेलाइएको थियो।
१ सय २० रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ७५ रनमै समेटियो। कप्तान विधान श्रेष्ठ र हरि चौहानले समान २३ रन बनाए। चौहान नटआउट रहे। अन्य व्याट्सम्यान भने सस्तैमा क्रिजबाट बाहिरिए। विपीन खत्रीले ५ विकेट लिए। उनी पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए। उनलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरे।
अर्का खेलाडी मेघबहादुर सेनले ३ विकेट लिए। लिगअन्तर्गत बुधबार पोखरा क्रिकेट एकेडेमीले माछापुच्छ्रे क्रिकेट क्लबसँग खेल्ने छ। लिगको अन्तिम खेल भने पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबसँग खेल्ने छ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९