पोखरा, ८ वैशाख। भूतपूर्व खेलाडीहरुको साझा मञ्च नेपाल भूतपूर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ।
पूर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ ।
मञ्चको नवौं वाषिर्क साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा विस्ट, मञ्चका अध्यक्ष तेज गुरुङले दोसल्ला ओर्ढाई ताम्रपत्र सहित सम्मान गरे।
२०५८ सालमा रानाभाटकै अगुवाईमा नेपाल भूतपूर्व खेलाडी मञ्च गठन गरिएको हो। पोखरा रंगशालालाई छेकबार गरी राज्यले समेत गर्न नसकेको काम गरेको मञ्चले पछिल्लो समय पोखरामा म्याराथन प्रतियोगिता गर्दै आएको छ। २०६१ सालमा झण्डै १ करोड रुपैयाँ लागतमा पर्खाल निर्माण गरिएको थियो। रानाभाट फुटबल, भलिबल र एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। उनी नेपाल खेलकुद पत्रकार मञ्च कास्कीबाट गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भइसकेका छन्। मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले आजीवन खेलक्षेत्रमा लागेर नेपाललाई विश्वसामु चिनाउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताइन्।
गत फागुनमा आयोजित सफल पोखरा म्याराथनमा मञ्चले ४ लाख रुपैयाँ बचत गरेको सार्वजनिक गरियो। मञ्चका कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्दै म्याराथनमा ११ लाख ३१ हजार रुपैयाँ आम्दानी भई ७ लाख २५ हजार खर्च भएको विवरण प्रस्तुत गरे। मञ्चले पोखरालाई स्पोर्टस् सिटीको अवधारणा अनुसार पोखरा म्याराथन प्रतियोगिता निरन्तरता दिएको हो। मञ्चका अध्यक्ष तेज गुरुङले भूतपूर्व खेलाडी मञ्चले म्याराथन प्रतियोगितालाई अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्दै पोखरालाई अन्तर्राष्ट्रिय बजारमा म्याराथन सिटीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा मञ्चका महासचिव खेमबहादुर गुरुङले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै मञ्चमा हालसम्म १ सय ७७ जना भूतपूर्व खेलाडी आवद्ध भएकोमा १७ जना दिवंगत भएको बताए ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९