हेमजा, २४ चैत । पोखरा बगरस्थित बुद्धटोल युवा क्लबले आयोजना गरेको दोश्रो वीरेन स्मृति १२ औं बिटी कपको उपाधि संगम फुटबल क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा तारा फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख २१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता तारा फुटबल क्लबले ७० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र पायो ।
खेलको दोश्रो हाफमा संगमका लागि बिमल बस्नेतले गरेको एकमात्र गोल नै निर्ण्ाायक बनेको हो ।
शनिबारकै सेमिफाइनलमा संगमले विष्णुपादुका क्लब हेमजालाई १-० र ताराले बी १३ बाँझापाटनलाई १-० गोलअन्तरमै हराउँदै उपाधि भिडन्तमा पुगेका थिए । फाइनल खेलमा म्यान अफ दी म्याच संगम बिमल बस्नेत घोषित भए ।
खेलमा उत्कृष्ट खेलाडीको उपाधि संगमका बेलप्रसाद गुरुङले हात पारे । उत्कृष्ट मिडफिल्डर संगमका टंकप्रसाद गुरुङ, सर्वाधिक गोलकर्ता ताराका सुशील लामा -७ गोल), उत्कृष्ट गोलरक्षक संगमका हित कार्की घोषित भए ।
त्यस्तै उत्कृष्ट डिफेन्सको उपाधि संगमका अञ्जन देवकोटा, अनुशासित समूहको उपाधि विष्णुपादुका क्लब र वेस्ट स्ट्राइकर ताराका सुशील लामा बने । विजेता सांसद दीपक कोइराला, क्लब अध्यक्ष विजया गुरुङ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, नेपाले खलक अन्नपूर्ण गाउँपालिका-७, भिचुक कास्कीका अध्यक्ष तथा वीरेन गुरुङका पिता पदमबहादुर गुरुङ, राष्ट्रिय माविका प्रध्यानाध्यापक वेदप्रसाद वस्ती लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा सांसद कोइरालाले आर्थिक समृद्घकिा लागि पनि खेलकुदको महत्वपूर्ण हात रहने दावी गर्दै आयोजकले कुशल व्यवस्थापनका साथ खेल सम्पन्न गरेकोमा खुशी व्यक्त गरे ।
क्लब सचिव रेशम सापकोटाले क्लबले प्रतियोगितालाई निरन्तरता दिँदै जाने प्रतिबद्घता व्यक्त गरे । क्लब अध्यक्ष विजया गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव रेशम सामकोटाले स्वागत तथा सदस्य अर्जुन परियार र अस्िमता गुरुङले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
hero news full width
मुख्य समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९