हेमजा, २० चैत। दोस्रो वीरेन स्मृति १२ औं विटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ९ खेल भए।
पहिलो खेलमा भीमकाली एफसी विजयी भयो । उसले नदीपुर एफसीलाई ४-० गोलअन्तरले पराजित गर्यो ।
त्यस्तै शीतलज्योतिले स्वस्तीक नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दा अर्को खेलमा माइ पोखरा स्पोर्टस्ले रञ्जन मेमोरियल १६ लाई २-० ले पाखा लगायो ।
ढुंगेपाटन एफसी र लेकसाइट एफसीबीचको खेलमा २-१ गोलअन्तरले ढुंगेपाटन विजयी भयो ।
अर्को खेलमा एसवाईसी तनहुँले विटी जुनियरको चुनौती ४-१ गोलअन्तरले समाप्त गर्यो । हेमजा ११ र सविन मेमोरियलबीचको छैटौं खेल निकै प्रतिष्पर्धात्मक बन्यो । खेलमा सविन मेमोरियल १-० गोलअन्तरले उपाधि नजिक पुग्यो ।
त्यस्तै, पिटी युनाइटेडसँगको प्रतिष्पर्धामा संगम एफसी २-० गोलअन्तरले विजयी भयो।
अर्को खेलमा शुक्लागण्डकीले लमजुङ एफसीलाई ३-० र दीप युनाइटेडले मिरुवा एफसीलाई ४-० गोलअन्तरले पराजित गरेको क्लब सहसचिव विकास केसीले जानकारी दिए। बुधबारदेखि दोस्रो चरणका खेल हुँदैछन्। बुद्घटोल युवा क्लबको आयोजनामा आइतबारदेखि शुरु प्रतियोगितामा विजेताले १ लाख २१ हजार १ सय ११ र उपविजेलेता ७० हजार १ सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै विधागत रुपमा पुरस्कारसमेत दिइनेछ । खेल शनिबारसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९