नेपालको लगातार तेस्रो हार

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४

काठमाडौँ, २६ फागुन। आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

शनिबार भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा चार विकेटको क्षतिमा भेटायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए । त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए । नेपालले अर्को खेल आगामी सोमबार हङ्कङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • तेक्वान्दोको प्रशिक्षण भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कास्की जिल्ला तेक्वान्दो संघले सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण गर्ने भएको छ । पोखरा रंगशालाभित्र बन्ने भवनको राष्ट्रिय खेलकुद…
  • माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । पोखरामा बिहीबारदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…
  • खेलकुद पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी आयोजित प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सकिएको छ । राखेपको आयोजना र…
  • मादीमा बास्केटबल सम्पन्न

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिका २, वडा कमिटीद्वारा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । पोखराको बाँझापाटनस्थित सत्य…

hero news full width