भेट्रान कप फुटसल जारी

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
lamjung futsal

लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपमा दोस्रो चरणअन्तर्गत बुधबार ३ खेल भए ।

बेसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालित दोस्रो चरणको पहिलो खेलमा बुधबार लमजुङ मस्र्याङदी युवा क्लब विजयी भयो । सेने ग्यादरिङ फुटसल टिमलाई ३–० गोलअन्तरले हराउँदै ऊ तेस्रो चरणमा प्रवेश पाएको हो । दोस्रो खेलमा बिबि ब्वाई काठमाडौं विजयी भयो । उसले कमलडाँडा टिम हेटौंडालाई ३–१ गोल अन्तरले हरायो ।

तेस्रो खेल धुलपुरे बजार भोर्लेटार मध्यनेपाल–६ र खासुर रोधिं टिम सेसीसहर–१० खासुरका बीच भएको थियो । जसमा खासुर रोधिं टिम २–० अन्तरले अघि बढेको आयोजक संस्थाका खेल संयोजक सूर्यमान गुरुङले बताए ।

सेभेन ए साइडमा प्रतियोगिता सञ्चालन गरिए पनि खेल फिफा नियम अनुसार खेलाइएको छ । विजेताले ५० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय र मायाको चिनो प्रदान गरिने छ । खेल सञ्चालनमा ३ लाख ६० हजार रुपैयाँ खर्च अनुुमान आयोजकको छ । खेलमा २६ टिमले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग