हक्की प्रतियोगिता हुँदै

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
hochey players

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघ व्यवस्थापनमा शुक्रबारदेखि प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिता हुँदैछ ।

रामबजारस्थित भारतीय पेन्सन क्याम्पको खेल मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकीका मनाङ, मुस्ताङ र लमजुङबाहेक ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाइने थापाले बताए । अर्को वर्ष कर्णालीको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद हुँदैछ ।

विजेताले २० हजार, उपविजेताले १५ हजार र सहविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

पहिलो संस्करणमा कास्की र तनहँु क्रमश विजेता र उपविजेता हुन् ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग