गुरुकुल फुटसल उपाधि लर्नस्लाई

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
futsal news

पोखरा । गुरुकुल विद्यासदन, पोखरा आयोजनामा एसइई दिएर बसेका विद्यार्थीलक्षित गरी भएको फुटसल प्रतियोगिताको उपाधि लर्नर्स एफसी (एसओएस गण्डकी) ले उचालेको छ ।

फाइनलमा रतुवा एफसी गणेशटोललाई हराउँदै उपाधिसहित २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो । एवी–एलइडी पोखरा १३ तेस्रो भयो ।

द्वितीय र तृतीयले क्रमश १० र ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

लर्नस्का युनिक सुवेदीले सर्वाधिक गोलकर्ता (१६ गोल) को उपाधि जिते । रतुवा एफसीका अहमद राजा उत्कृष्ट गोलरक्षक, लर्नस्का विशाल दवाडी उत्कृष्ट खेलाडी हुन सफल भएको खेलकुद संयोजक हरि ढकालले बताए ।

फुटसल समापन गर्दै विद्यालय अध्यक्ष रवि कार्कीले प्रतियोगिता सञ्चालनमा सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गर्दै विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय प्रयासरत रहेको बताए ।

प्रअ नारायण आचार्यले खेलकौशलका लागि फुटसलको भूमिका महत्वपूर्ण रहने धारणा राखे ।

सहप्रअ भुवन सुवेदीले प्रतियोगितामा उत्साहजनक सहभागिता पाइएको बताउँदै आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने जाए । प्लस टु संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताए । प्रतियोगितामा कास्की, स्याङ्जा, लमजुङका समेत कुल ७३ समूहले प्रतिष्पर्धा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग