कास्की जुडोमा छन्त्याल

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
judo

पोखरा । कास्की जिल्ला जुडो संघ अध्यक्षमा पद्म छन्त्याल निर्वाचित भएका छन् ।

संघको प्रथम अधिवेशनले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा सन्तबहादुर लामिछाने, सचिव ज्योति हमाल र कोषाध्यक्ष अमृतबाबु पौडेल चयन भए ।

कार्यसमिति सदस्यमा प्रकाश भुषाल, रवि चौधरी, पूजा गुरुङ, हरिप्रसाद कोइराला, उमेशचन्द्र देवकोटा र सुरेन्द्र बराल निर्वाचित भए । कार्यकाल ४ वर्षको हुनेछ ।

संस्थाको साधारणसभा तथा अधिवेशनको जिल्ला खेलकुद विकास समिति कास्कीका सुनबहादुर लामाले उद्घाटन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width